विवादित विषय टुङ्ग्याउन 'आवश्यक' समय लिने सहमति


काठमाडौं, पुस २० - प्रमुख तीन दल विवादित विषयलाई सहमतिबाटै टुङ्ग्याउन एक मत भएका छन् ।
सिंहदरवारमा बुधबार बसेको माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले संविधानका अन्तर्वस्तुसँग सम्बन्धित विषयमा माघ १५ भित्र सहमति खोज्ने निर्णय गरेको कांग्रेस नेता रामशरण महतले जानकारी दिए ।
विवादित विषयमा सहमति खोज्ने निर्णयसँग संविधान निर्माण कार्यतालिका प्रभावित हुने भएको छ । कार्यतालिका अनुसार बुधबारसम्ममा दलहरुबीच विवादित विषयमा सहमति हुनुपर्ने थियो ।
कांग्रेस नेता रमेश लेखकले विवादित विषयमा सहमति खोज्न 'आवश्यक' समय लिने सहमति भएको जानकारी दिए । कार्यतालिका संशोधन विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक जारी छ । 
Tags:

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.