नेपालबाट एक हजार मेगावाट विजुली किन्न बंगलादेश इच्छुक


काठमाडौ, पुस २० - दश घण्टे लोसेडिङको मार खेपी रहेको नेपाललाई बंगलादेश सरकारले एक हजार मेघावाट बिजुली किन्ने इच्छा देखाएको छ । उक्त इच्छा नवनियुक्त नेपाली राजदूतसंगको भेटका क्रममा बंगलादेशी परराष्ट्रमन्त्री दीपु मोनीले ब्यक्त गरेका हुन् ।
बंगलादेशी समाचार पोर्टल बीडीन्यूज२४ डट कमले बंगलादेशी परराष्ट्र मन्त्रलायको प्रेस बक्तब्यलाई उदृत गर्दै दिएको समाचार अनुसार नवनियुक्त नेपाली राजदूत हरिकुमार श्रेष्ठसंगको भेटका क्रममा मन्त्री मोनीले जलविद्युत र जनस्रोतको विकास तथा प्रयोगमा सबैलाई फाइदा हुनेगरी क्षेत्रीय रुपमासंगै काम गर्नुपर्ने उल्लेख गर्दै विजुली किन्ने इच्छा देखाएका हुन् ।
बंगलादेश साझेदारको रुपमा सप्तकोशीमा काम गर्न इच्छुक रहेको र यो क्षेत्रीय रुपमा सबैको हीत हुने गरी जलउर्जा उत्पादनको क्षेत्रमा काम गर्ने मौका हुनेपनि मन्त्री मोनाले बताएकी थिइन् ।
Tags:

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.